नेपाली म्याराथन धावक सन्ताेषी ७९औँ स्थानमा


काठमाडाैं- पेरिस ओलम्पिकअन्तर्गत महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले ७९औँ स्थानमा रहँदै दौड पूरा गरेकी छिन् ।

आज भएको प्रतिस्पर्धामा सन्तोषीले निर्धारित दुरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन् । उनी युनिभर्सियालिटी कोटाबाट पेरिस ओलम्पिकमा छनोट भएकी थिइन् ।

महिला म्याराथनमा नेदरल्यान्ड्सकी सिफान हसनले २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जितिन् । यस्तै इथियोपियाकी टिग्स्ट असेफाले रजत र केन्याकी हेलेन ओबिरीले कास्य पदक जितिन् ।

 

प्रतिक्रिया