६ घन्टापछि एकतर्फी खुल्यो पृथ्वीराजमार्ग


काठमाडौं — बिहानदेखि बन्द रहेको मलेखु–मुग्लिङ सडक एकतर्फी खुलेको छ ।

बिहान नाग्दी खोला नजिकै गएको सुख्खा पहिरोका कारण अवरुद्ध रहेको सडक एकतर्फी रुपमा खुलेको छ ।

सडक खुलेसँगै काठमाडौंबाट मुग्लिङ हुँदै बाहिरिने सवारी र देशका अन्य भागबाट काठमाडौं आउँदै गरेका सवारी साधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् । सडक करिब ६ घन्टापछि खुलेको मुग्लिनबजार फेसबुक पेजले जनाएको छ ।

आज बिहान करिब ७ बजेतिर ठूला ढुंगा सहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो । करिब ८ बजेदेखि पहिरो पन्छाउन सुरु गरिएको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाउन चारवटा लोडर र एक्सकाभेटर प्रयोग गरिएको थियो ।

प्रतिक्रिया