चार सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?


काठमाडौँ – महानिर्देशकसहित चार जना सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा विकास विभागका महानिर्देशकसहित सहसचिवहरूको सरुवा गरेको हो ।

गत माघमा मात्र महानिर्देशकको जिम्मेवारी सम्हालेका जीवछ मण्डललाई ६ महिनामा नै जिम्मेवारी हेरफेर गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले यसअघि दुई पटक महानिर्देशक रही सकेका नवीनराज सिंहलाई तेस्रो पटक महानिर्देशक बनाएका छन् । उनी मन्त्रालयमा ऊर्जा महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

मन्त्रालयको ऊर्जा महाशाखा प्रमुखको जिम्मेवारीमा ऊर्जा आयोगका सहसचिव चिरञ्जीवी चटौतलाई ल्याइएको छ । मण्डललाई आयोगमा पठाइएको छ । यस्तै मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाललाई बूढीगण्डकी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा पठाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया