फागुन १ गते मधेश प्रदेशमा सार्वजनिक विदा


धनुषा – मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

शुक्रबार मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।

मधेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलोपटक सरकारले औपचारिक रुपमा जनयुद्ध दिवस मनाउन लागेको छ ।

यसअघि सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले भने मधेश आन्दोलनसँग केन्द्रित रहेर विभिन्न कार्यक्रमहरु गदै आएको थियो । जनयुद्धको दिवसको अवसरमा मधेश सरकारले शहीद भएका परिवारलाई जनही तीन लाख रुपैयाँ दिइने घोषणा समेत गरिसकेको छ ।

प्रतिक्रिया