नवलपरासी कारागारका जेलरविरुद्ध मुद्दा दायर, कैदीसँग जुत्ता र टिभि किन्न लगाएको आरोप


काठमाडौं-  नवलपरासी पश्चिमका जिल्ला कारागार प्रमुख (जेलर) विनोदकुमार दत्त कर्णविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानपछि शाखा अधिकृत दर्जाका कर्णविरुद्ध अभियोग पत्र दायर गरेको हो ।

कर्णले कारागारमा चौकीदार रहेका व्यक्तिलाई उक्त जिम्मेवारीबाट हटाइदिने र कैद माफी मिनाहाका लागि पनि सिफारिस नगर्ने धम्की दिएर टिभी र जुत्ता खरिद गर्न लगाएको र एक लाख ५० हजार रुपैयाँ नगदै लिएको आरोप आयोगले लगाएकाे छ।

उनले ५ हजार रुपैयाँ पर्ने जुत्ता किन्न लगाएको र एक लाख २६ हजार ४ सय रुपैयाँ पर्ने टिभी खरिद गर्न लगाएको आयोगले जनाएकाे छ ।

प्रतिक्रिया