कृषि समितिको सभापति चयन हुँदै


काठमाडौं – आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ ।

बैठक आज अपराह्न साढे ४ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ ।

समिति सभापतिका लागि नेपाली कांग्रेसबाट सांसद कुसुम थापा मगरले उम्मेदवारी दर्ता गराएकी छिन् । यसअघिकी सभापति डा आरजु राणा देउवा परराष्ट्र मन्त्री बनेसँगै कृषि समितिको सभापति रिक्त रहेको थियो ।

सोमबार उम्मेदवारी दर्ता गराएकी थापा मगरको प्रस्तावक कांग्रेस सांसद वीरबहादुर बलायर र नेकपा एमालेका सूर्यप्रसाद ढकाल समर्थक रहेका छन् ।

प्रतिक्रिया