विशेष ब्यूरोका डीआईजी केसीको सरूवा


काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवा गरिएको छ ।

ब्यूरो इन्चार्ज भएर काम गरेको दुई महिना नपुग्दै उनको सरुवा गरिएको हो ।

डीआईजीमा बढुवा भएपछि उनलाई विशेष ब्यूरोमा पठाइएको थियो । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडी बढाइएको थियो ।

ब्यूरोबाट हटाइएका केसीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीआईजी राजन अधिकारीलाई विशेष ब्यूरोमा पठाइएको छ ।

प्रतिक्रिया