
मकवानपुरबाट आएकी थिइन् गेष्टहाउसमा मृत भेटिएकी युवती, प्रेमीसँगै गएकी थिइन् होटल
ललितपुर – ललितपुरको ग्वार्कोस्थित गेष्ट हाउसमा बास बसेकी एक युवती मकवानपुरबाट काठमाडौं आएको खुलेको छ ।
ललितपुर महानगरपालिका वडा ७ ग्वार्कोमा रहेको सनलाइट गेष्टहाउसमा एक युवकसँग राती ८ बजे आएकी युवतीको बिहान मृत्यु भएको हो ।
ललितपुरकै डुकुछाप घर भै हाल सातदोबाटोमा बस्दै आएका सन्दिप विकले गएराति ८ बजे आफ्नो साथमा लिएर आएको युवती बिहानीपख बेहोस भएकी थिइन् ।
बेहोस भएपछि गेष्टहाउस संचालकले बि एण्ड बि अस्पतालमा लगेकोमा उपचारकै क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले उनीहरुले श्रीमान–श्रीमती भनेर इन्ट्री गरेको तर प्रेमी–प्रेमिका रहेको खुलेको बताए ।
मृतक युवती ३ दिन पहिले काठमाडौं आफन्तकोमा आएको र हिजोमात्रै साथीलाई भेट्न जान्छु भन्दै निस्कीएको खुलेको एसएसपी खनालले जानकारी दिए ।
युवकले पनि सास फेर्न कठिनाइ भएको भनी जनाएपछि प्रहरीको निगरानीमा बि एन्ड बि अस्पतालमा नै उपचार भइरहेको छ । युवकको अवस्थामा सामान्य छ ।
प्रहरीका अनुसार मृतक युवतीको शरीरमा कुनै चोटपटक देखिएको छैन ।
उनीहरुले खाएको खाना समेत प्रहरीले परिक्षणका लागि लिएको छ ।
पोष्टमार्टम रिपोर्टबाट थप खुल्नसक्ने प्रहरी भनाई छ ।
प्रेमीले सास फेर्न गाह्रो भएको बताएका छन् ।



कागजपत्र |
