३ महिनाअघि जापानमा पढ्न गएका बैतडीका जनक उतै अस्ताए


बैतडी-  जापानमा अध्ययन गर्दै आएका बैतडीका जनकको नुहाउनेक्रममा मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका–३ का २१ वर्षीय जनकप्रसाद अवस्थीको जापानमा नुहाउने क्रममा मृत्यु भएको हो।

अध्ययनका लागि करिब ३ महिना अघिमात्रै अवस्थी जापान गएकाे आफन्तले बताएका छन् ।  जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया