
नेपालमा प्रत्येक दिन १८ जनाले गर्छन् आत्महत्या, ५ वर्षमा ३३ हजारले गरे
काठमाडौं–नेपालमा आत्महत्याको तथ्याङ्क डरलाग्दो छ । पछिल्लो ६ वर्षमा प्रत्येक दिन १८ जना नेपालीले आत्महत्याको बाटो रोजेको पाइएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ५ वर्षको तथ्याङ्क अनुसार ३२ हजार ९६१ जनाले आत्महत्या गरेका छन् ।
जुन दैनिक १८ जना बढी हुन जान्छ ।
आर्थिक वर्ष ०७५-७६ मा ५ हजार ७८४ जनाले आत्महत्या गरे । जसमा ३१ सय २२ पुरुष र २२ सय ३ महिला रहेको प्रहरी छन् ।
आर्थिक वर्ष ०७६-७७ मा आत्महत्या गर्नेको संख्या बढेको छ । यो अवधिमा ६ हजार २७३ जनाले आत्महत्या गरे ।
यो वर्ष ३४ सय १३ पुरुष र २१ सय ९८ जना महिलाले आत्महत्या गरे । अन्य बालबालिका छन् ।
आर्थिक वर्ष ०७७-७८ मा ७ हजार १५१ जनाले आत्महत्या गरेका छन् । जसमा महिला पुरुष ३९ सय ३ छन् भने महिला २४ सय ८० छन् । अन्य बालबालिका रहेका छन् ।
आर्थिक वर्ष ०७८-७९ मा ६ हजार ८३० जनाले आत्महत्या गरेका छन् ।
जसमा पुरुष ३८ सय ६० र महिला २२ सय ६१ छन् । अन्य बालबालिका छन् ।
आर्थिक वर्ष ०७९-८० मा ६ हजार ९२३ जनाले आत्महत्या गरेका छन् ।
जसमा पुरुष ३९ सय ४२ र महिला २२ सय ५६ छन् ।
प्रहरी तथ्याङ्क हेर्ने हो भने नेपालमा महिलाभन्दा पुरुषले बढी आत्महत्या गर्ने गरेको पाइएको छ ।
प्रहरी अधिकारीहरुका अनुसार नेपाल विश्वमा बढी आत्महत्या गर्ने देशहरूमा शीर्ष १५ भित्र पर्छ ।
प्रेममा धोका, मानसिक तनाव, पारिवारिक तनाव, बेरोजगारी, कमजोर आर्थिक अवस्था,व्यापारमा भएको घाटा, बैंकको ऋणलगायत कारण आत्महत्याको बाटो रोजेको प्रहरी अधिकारीहरु बताउँछन् ।
प्रहरी प्रधान कार्यालयले निकालेको एक सामाग्रीमा उल्लेख भएअनुसार विश्वमा ९० प्रतिशत मानिस मानसिक रोगका कारण आत्महत्याको बाटो रोज्न पुग्छन् ।
यसमा डिप्रेसन मुल कारण हो ।
घरेलु हिसां,बाल दुर्व्यावहार,परिक्षामा असफलता पनि आत्महत्याको कारण बनेको प्रहरीले निकालेको सामाग्रीमा उल्लेख छ ।
आत्महत्या न्यूीनिकरणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने सरोकारवालाले बताउँदै आएका छन् ।



कागजपत्र |
