प्रधानमन्त्री ओली भन्छन्: सबै विचारलाई सम्मान गर्छु, राम्रालाई ग्रहण गर्छु


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत भएका सबै विचारलाई सम्मान गर्ने र राम्रालाई ग्रहण गर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमार्फत विश्वासको मतमा उठेका प्रश्नको जवाफ फर्काउँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन्।

उनले भने, ‘म सबै विचारहरूलाई सम्मान गर्छु, राम्रा सुझाव दिनेहरूको ग्रहण गर्छु। आक्रोश, उत्तेजना र गालीगलौज बिर्सिदिन्छु। त्यता गइरहनु वाञ्छनीय हुँदैन। हरेकलाई खुसी पार्न सकिँदैन। कोही उहिलेदेखि नै संविधान संशोधन गर्नुपर्छ भनेको भनैछन्। कोही सकिँदैन भन्नुहुन्छ। कुरा हुँदै जाँदा निष्कर्षमा पुगिन्छ।’

 

प्रतिक्रिया