पूर्वमन्त्रीले नै सरकारी कार्यालयमा ५ हजार घुस दिएपछि…
काठमाडौं – पूर्ववन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले सरकारी कार्यालयमा ५ हजार घुस दिएको खुलासा गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा पूर्वमन्त्री महतोले सरकारी कार्यालयमा ५ हजार घुस दिएको खुलासा गरेका हुन्।
उनले देशमा भ्रष्टाचारले ठूलो जरो गाडेको भन्दै आफूपनि घुस दिन बाध्य भएको बताए।
उनले भने, ‘म भूपू मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु। कसले पत्याउने त्यो कुरा। पत्याउनुहुन्छ। मेरो छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्नुपर्ने थियो मैले ११ बजे पठाएको तीन बजेसम्म गर्दिएनन्, यो मिलेन त्यो मिलेन भन्छन्, हेर्दा सबै कागज मिलेको छ म आफैँ गए एउटा अधिकृतले यो कागज मिलेको छैन भन्यो। मिलेन भन्छन्, मेरो चिया खाने टाइम भयो भनेर जानुभयो। चार बजेसम्म कुरे आएनन्, त्यो बिचौलियालाई गएर पाँच हजार रुपैयाँ दिए। म बसिरहे ५ मिनेटमा काम गरेर ल्याए।’