प्रचण्ड, नेपाल र रविबीच छलफल जारी


काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भइरहेको छ।

उनीहरूबीच अहिले माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल भइरहेको हो।

सत्ताबाट बाहिरिएपछि उनीहरूबीच पहिलो पटक भेट भइरहेको र भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतलगायत समसामायिक विषयमा छलफल भइरहेको स्रोतले बताएको छ।

प्रतिक्रिया