काठमाडौं महानगरले न्युरोड क्षेत्रमा फेरि काम सुरु गरेपछि स्थानीय आक्रोशित


काठमाडौं- उच्च अदालतले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले पुनः काम सुरू गरेकाे छ । तर,  स्थानीयले भने विरोध गरेका छन्। स्थानीयले असन्तुष्टि जनाउँदै पुनः विरोध सुरु गरेपछि अवस्था असामान्य बनेको छ ।

स्थानीयको विरोध सुरु भएपछि अहिले न्युरोड क्षेत्रमा नेपाल प्रहरी, नगरप्रहरी लगायतकाे उपस्थिती रहेकाे छ ।

यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले कालोपत्रे  टालेको थियो ।

प्रतिक्रिया