एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पाएन पूर्णता


काठमाडौँ – महाधिवेशन सकिएको १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने बताएको नेकपा एकीकृत समाजवादी प्रतिबद्धता अनुरूप केन्द्रीय कमिटीलाई पूर्णता दिन असफल भएको छ ।

असार २१ गते महाधिवेशन स्थल प्रज्ञा भवनमा महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा गरेका थिए । एकीकृत समाजवादीले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान अनुमोदन गरेको छ ।

असार १६ देखि २० गतेसम्मलाई तय भएको महाधिवेशन असार २१ गते अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेर सकिएको थियो । जसमा अध्यक्ष महासचिव र सम्मानित नेतामा पुरानै अनुहार क्रमशः माधवकुमार नेपाल, घनश्याम भुसाल र झलनाथ खनाल दोहोरिएका छन् ।

प्रतिक्रिया