प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीको बधाई


काठमाडौं – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् ।

सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले ओलीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

साथै, मोदीले पारस्परिक लाभकारी सहयोगलाई विस्तार गर्न नजिकबाट काम गर्न तत्पर रहेको जिकिर गरेका छन् । यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मोदीले व्यक्त गरेका छन् ।

प्रतिक्रिया