यी हुन् प्रधानमन्त्री ओली सरकारका चार दलका २१ मन्त्री


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक प्रधानमन्त्रीको शपथ लिइरहेका छन् ।

नेपाली कांग्रेससहितको राजनीतिक दलको सहमतिमा प्रधानमन्त्री बनेका ओलीको नेतृत्वमा नेकपा एमालेले ८ मन्त्रालय पाएको छ भने नेपाली कांग्रेसले १० मन्त्रालय पाएको छ ।

नेपाली कांग्रेसः

नेपाली कांग्रेसका प्रकाशमान सिंह उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्री बन्दै छन् भने रमेश लेखक गृहमन्त्री बन्ने भएका छन् ।

त्यस्तै आरणु राणा देउवा परराष्ट्रमन्त्री बन्ने छन् भने अजय चौरासिया कानुन मन्त्री बन्ने भएका छन् । त्यस्तै प्रदीप पौडेल स्वास्थ्य मन्त्री बन्दा बद्री पाण्डे पर्यटन मन्त्री बन्ने भएका छन् ।

त्यस्तै तेजुलाल चौधरी खेलकुदमन्त्री, दीपक खड्का उर्जा मन्त्री बन्दा रामनाथ अधिकारी कृषि मन्त्री बन्ने भएका छन् । त्यस्तै एनबहादुर शाही वन मन्त्री बनेका छन् ।

त्यस्तै नेकपा एमालेबाट उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले पाउने छन् ।

नेकपा एमालेः

त्यसै गरी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सूचना तथा सञ्चार देवेन्द्र दाहाल भौतिक योजना मन्त्री बन्ने भएका छन् । शिक्षा मन्त्रालयको जिम्मा विद्या भट्टराईले पाउँदा रक्षा मन्त्रालय मानवीर राई बन्ने भएका छन् ।

उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् । राजकुमार गुप्ताले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय पाउने भएका छन् ।

जसपाः

त्यस्तै जसपाबाट प्रदीप यादव खानेपानी मन्त्री र नवलकिशोर साय सुदी महिला तथा बालबालिका मन्त्री बनेका छन् भने लोसपाबाट शरदसिंह भण्डारी श्रम मन्त्री बनेका छन ।

लोसपाः

प्रतिक्रिया