यसरी हानिएको थियो पूर्वराष्ट्रपति ट्रम्पलाई गोली, हेर्नुस् भिडियो


काठमाडौं- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । पेन्सिलभेनियामा चुनावी र्‍यालीमा शनिबार राति ट्रम्पको चुनावी र्‍याली चलिरहेका बेला गोली लाग्दा घाइते भएका छन् ।

घटनामा र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । ट्रम्प घाइते भएसँगै उनलाई मञ्चबाट हटाइएको थियो । उनको कान र अनुहारमा रगत लागेको देख्न सकिन्छ ।

गोली चलाउने व्यक्ति र अर्का एक दर्शकको मृत्यु भएको बताइएको छ ।

 

 

प्रतिक्रिया