यी हुन कांग्रेसको भागमा परेका गृहसहितका मन्त्रालय (नामसहित)


काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस गृहमन्त्रालयसहित सरकारमा जाने भएको छ ।

यसका लागि सभापति शेरबहादुर देउवाले आवश्यक गृहकार्य सुरु गरेका छन् ।

उनले कांग्रेसबाट सरकारमा पठाउने मन्त्रीको नामबारे पनि कोर टिममा छलफल गरेको स्रोतको भनाई छ ।

एमाले–कांग्रेसले आधिकारीक रुपमा मन्त्रालयको भागवण्डा नभएको बताएपनि देउवाले आफुनिकट नेताहरुलाई सम्भावित मन्त्रालयबारे जानकारी गराएका छन् ।

कागजपत्रलाई प्राप्त जानकारी अनुसार कांग्रेसको भागमा गृह मन्त्रालय,कानुन,परराष्ट्र,सहरी विकास मन्त्रालय,उर्जा मन्त्रालय र भौतिकमध्ये एक पर्नेछ ।

यस्तै संघीय मामिला,कृषी मन्त्रालय र अन्य केही मन्त्रालय कांग्रेसकै भागमा पार्ने सहमती दुई दलबीच भएको छ ।

कांग्रेसबाट प्रकाशमान सिंहले सकारको नेतृत्व गर्ने पक्कापक्की रहेको देउवा निकट स्रोतले पुष्टि गरेको छ ।

यसअघि प्रकाशमान उपप्रधानसहित रक्षामन्त्री बन्ने चर्चा भएको थियो । तर रक्षा मन्त्रालयले एमालेले लिने सहमती भएको बताइएको छ ।

साना दललाई पनि समेट्नुपर्ने भएकाले केही मन्त्रालय भने परवर्तन हुनसक्ने सम्भावना छ ।

प्रतिक्रिया