त्रिशुली नदीमा खसेका दुईवटा बसमा ६५ यात्रु, तीन सकुशल : चितवन प्रशासन


काठमाडाैं- जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेकाे दुईवटा बसमा  ६५ जना यात्रु रहेकाे विवरण सार्वजनिक गरेकाे छ । आइतबार बिहान सार्वजनिक भएकाे विवरणमा बसका यात्रुमध्ये तीन जना सकुशल रहेकाे उल्लेख छ ।

काठमाडौंदेखि गौर जाँदै गरेको गणपति डिलक्स बसमा टिकट काउन्टरको चलानमा २७ जनाको नाम रहेको र घटनापछि सम्पर्कमा आएका आफन्तहरूले टिपाएको विवरणका आधारमा उक्त बसमा थप ११ यात्रु रहेको खुलेको छ । ३८ जना यात्रुमध्ये  तीन जना यात्रु पाैडी काटेर बाँचेकाे चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

यस्तै वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल बसमा चलानमा २३ जना र आफन्तहरू सम्पर्कमा आएर दिएको विवरणका आधारमा चार जना गरी जम्मा २७ जनाले यात्रा गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । दुवै बसमा ६५ जनााले यात्रा गरे पनि गणपति बसका तीन जना यात्रु सकुशल रहेका छन् ।

हराएकामध्ये आइतबार बिहानसम्म चारवटा शव फेला परेको छ ।

 

प्रतिक्रिया