मुलुकको ४५ औं प्रधानमन्त्रीः आज नियुक्ति, भोली सपथ अनि मन्त्रीमण्डल गठन


काठमाडौं – सरकार नेतृत्वका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुने भए पनि सपथ भने भोलि लिने भएका छन् ।

नयाँ सरकारको लागि दाबी पेश गर्न गरिएको शीतल निवासको आव्हान आज (आइतबार) साँझ ५ बजेसम्मै भएकाले शपथ ग्रहण भोलिलाई तय भएको जनाइएको छ । ओली आज देशको ४५ औं प्रधानमन्त्री बन्ने र भोलि (सोमबार) बिहान ११ बजे सपथ लिने कार्यक्रम तय गरिएको छ ।

सोमबार ओलीले सपथ लिनासाथ केही मन्त्रीहरुले सपथ लिने तयारी गरिएको छ । सत्तासाझेदार नेपाली कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकार जाँदैछ ।

ग्रेसबाट सिंहसहित रमेश लेखक र आरजु देउवा मन्त्री बन्ने निश्चित भइसकेको छ भने एमालेबाट विष्णु पौडेलको निश्चित भइसकेको छ । त्यस्तै एमालेबाट पृथ्वी सुब्बा गुरुङ र योगेश भट्टराई पनि मन्त्री बन्ने निश्चित भइसकेको स्रोतको दाबी छ । त्यसका साथै आइतबार दुवै दलका साथै अन्य साझेदारहरुले पनि मन्त्रीको टुंगो लगाउने जनाइएको छ ।

प्रधानमन्त्री बन्दै गरेका ओलीले सकेसम्म एकैपटक सबै मन्त्रीहरुसहितको मन्त्रिमण्डल बनाउने तयारीमा रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया