विराटनगर हत्या प्रकरण: ४ जना पक्राउ, युवतीको विषयमा भएकाे थियाे लफडा


मोरङ – विराटनगरमा सोमबार राति भएको युवक हत्याकाण्डमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बेलुका भएको दोहरो झडपका क्रममा विराटनगर–२ मा राति करिब १० बजे कटहरी गाउँपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको थियो ।  घटनामा परी कटहरी–१ जम्टोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा फेला परेको मोबाइलको सहायतामा चार जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । घटनामा संलग्न विराटनगर–११ का सोनु गिरी, ताप्लेजुङको दोखुका १८ वर्षीय निमदावा शेर्पा, भोजपुर भुल्केका २० वर्षीय सञ्जय गिरी र मोरङको रंगेलीका १६ वर्षीय एक बालक पनि पक्राउ गरेको उनले जानकारी दिए ।

आइतबार बेलुका उनीहरुबीच एक युवतीको विषयलाई लिएर विवाद भएको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार मृतक कामत र घाइते दुई जनाले युवती जिस्काएको विषयलाई लिएर विवाद गरेका थिए । अर्काे दिन सोमबार राति भने सामुहिक झडप भएर हत्या भएकाे प्रहरीले जानएकाे छ ।

प्रतिक्रिया