रास्वपा महामन्त्रीमा परियार,गौतम र झाको रस्साकस्सी
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटीको बैठक जारी छ ।
बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट समेत हटाउने अनुशासन आयोगको सिफारिसमाथि छलफल भइरहेको छ ।
ढकालाई कारवाहीको तयारी भएसँगै उनको स्थानमा नयाँ महामन्त्री बन्न दौडघुप जारी छ ।
रास्वपा प्रवक्ता र महामन्त्री दुवै रहेका ढकालपछि महामन्त्रीका लागि विभिन्न नेताहरुले दौडधूप सुरु गरेका छन् । महामन्त्रीका लागि प्रवक्ता सन्तोष परियार, सोभिता गौतम, मनिष झा र कविन्द्र बुर्लाकोटी चर्चामा रहेका छन् । ती मध्ये सन्तोष र सोबिताको सम्भावना बलियो रहेको पनि जनाइएको छ ।