प्रधानमन्त्रीलाई ठाकुर गैरेको सुझाव- ‘उडायो सपना सबै हुरीले’ गीत गउनू


काठमाडाें- नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गायक मुरलीधरको ‘उडायो सपना सबै हुरीले’ भन्ने गीत गाउन सुझाव दिएका छन् । देश प्राकृतिक विपत्तिमा परिरहेको बेलामा घोर अल्पमतमा पुग्दा पनि सरकार नछाडेको भन्दै उनले यस्तो सुझाव दिएका हुन्।

यसअघि नेकपा एमालेका मन्त्रीहरूले बालुवाटारमा राजीनामा बुझाउन जाँदा प्रधानमन्त्री प्रचण्डले फत्तेमानराज भण्डारीको ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले बोलको गीत गाएका थिए।

उक्त विषयको प्रसंग उप्काउँदै गैरेले भने, ‘सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदो रहेछ कहिले कहिले ? भन्दै गीत गाएर बसेको छ । बरू, उडायो सबै सपना हुरिले भन्ने गीत गाए हुने नि।’

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गैरेले सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रतिक्रिया