१२ प्रविन एकैपटक एउटै परीक्षा हलमा


काठमाडाैं- हिजो (आइतबार) काठमाडौंको पद्म कन्या क्याम्पसमा ब्याचुलर अफ लेगिस्टेटिभ लअज् (एलएलबी)को प्रवेश परीक्षा हुने तय भएको थियो । त्यसैका लागि विभिन्न स्थानबाट धेरै विद्यार्थी परीक्षा दिन पुगेका थिए ।

त्यसैक्रममा सिरहाका प्रविन दास पनि केन्द्रमा पुगे । आफ्नो सिम्बोल नम्बर हेरेर उनी सीटप्लान भएको कक्षाकोठामा प्रवेश गरे । आफ्नो सिटमा बसिसकेपछि उनले एकपल्ट अगाडि/पछाडी हेरे । सोही क्रममा आफ्नो बेन्च आसपासका अन्य परीक्षार्थीसँग परिचय गर्ने उनलाई इच्छा लाग्यो ।

परिचयकै क्रममा थाहा भयो उनको पछाडि बसेका व्यक्ति रहेछन्, प्रविन दाहाल । उनकै छेउमा प्रविन गिरी बसेका थिए । उनी अचम्ममा परे । सबैसँग परिचय गर्दा उनी बसेको लहरमा रहेका १२ जनाकै नाम प्रविन नै रहेछ । ‘त्यो एउटा संयोग होकि के हो, कक्षामा रहेका अन्य सबै परीक्षार्थी आश्चार्यचकित नै भएँ । त्यसपछि मैले सबैसँग फोटो खिचेको थिए’ प्रविन दासले भने ।

उनले सबै प्रविनको परीक्षा एकदमै उत्कृष्ट भएको बताउँदै त्यस्तो संयोग बिरलै हुने बताए । परीक्षा हलमा सीटप्लान गर्दा वर्णानुक्रम अनुसार राखिने भएता पनि एकैपटक १२ जनाको नाम मिल्नु ठुलै संयोग भएको प्रविन बताउँछन् ।

प्रतिक्रिया