एमाले संसदीय दल बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा


काठमाडाैं – नेकपा (एमाले) संसदीय दलको बैठक बस्दैछ।

पछिल्लो राजनीतिक अवस्था, नेपाली कांग्रेस र एमाले बीचको सहमतिबारे सांसदहरूलाई जानकारी दिन बिहान १० बजे संसदीय दलको बैठक जनाइएको छ ।

संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउनेछन्।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत सोमबार राति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो।

समझदारीअनुसार एमाले अध्यक्ष ओलीले पहिलो चरणमा सरकारको नेतृत्व गर्नेछन्। कांग्रेस—एमालेबीच निर्वाचन प्रणाली र शासकीय पद्धतिमा सुधार गरेर राजनीतिक स्थायित्व दिने विषयमा सहमति भएको छ।

प्रतिक्रिया