

अशोक राई नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीको निर्णयअनुसार शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको अध्यक्ष एवं संसदीय दलका नेता राईले जानकारी दिएका छन् ।
त्यस्तै जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री दाहाल समक्ष राजीनामा बुझाएका हुन् । राई नेतृत्वको पार्टीले पनि कांग्रेस–एमाले सम्मिलित राष्ट्रिय सरकारमा सहभागी हुने बताइसकेको छ । नयाँ गठबन्धनमा आबद्ध हुनका लागि जसपाले दाहाल नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको हो ।

