

रविको विरोध गरेका मुकुल ढकालको तस्बिर रास्वपाले वेबसाइटबाट हटायो

काठमाडौं – पार्टी सभापति रवि लामिछानेको विरोध गरेका महामन्त्री मुकुल ढकालको तस्बिर रास्वपाले वेबसाइटबाट हटाएको छ ।
सात दिने निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीको डा. मुकुल ढकालको तस्बिर वेबसाइटबाट हटाइएको हो ।
पार्टीको अनुशासन आयोगले उनलाई ७ दिन म्याद दिएर स्पष्टीकरण समेत सोधेको छ । उक्त म्याद सकिएपछि मुलुकमाथि थप कारबाही गर्ने तयारी छ ।
महामन्त्री ढकालको स्थानमा कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिइएको छ ।

