एकीकृत समाजवादीको अध्यक्षमा दोहोरिए नेपाल, महासचिवमा भुसाल


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधव नेपाल दोहोरिएका छन् ।

पार्टी महाधिवेशनको बन्द सत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत भएका हुन् ।

सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका छन् ।

अन्य पदको टुंगो लागिसकेको छैन । सुरुमा तीनै नेताले अध्यक्षमा दाबी गरेका थिए । तर, नेताहरूले दबाब दिएपछि सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको हो । महाधिवेशन प्रतिनिधिहरूले पनि अध्यक्षमा नेपाललाई सर्सम्मत गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया