राजीनामा बोकेर बालुवाटार पुगेका रविसहितका रास्वपा मन्त्रीहरु नदिई फर्किए


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू बालुवाटारबाट फर्किएका छन् ।

राजीनामा बुझाउने भन्दै बिहान ८ बजे प्रधानमन्त्री कार्यालय पुगेका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि राजीनामा नदिई फर्किएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

आज बिहान राजीनामा पत्र बोकेरै मन्त्रीहरू प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए ।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

प्रतिक्रिया