प्रचण्डको लिखित निर्देशनपछि खगराजलाई धामीको चुनौती : बहुमत पुर्याएर दल नेता बन्नुस्


काठमाडौं -नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता मानबहादुर धामीले संसदीय दलमा बहुमत सिद्ध गरेर दल नेता बन्न चुनौती दिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्य खगराज भट्टलाई दल नेतामा पुर्नस्थापित गर्न लिखित निर्देशन दिएको पत्र बाहिरीएपछि धामीले यस्तो चुनौती दिएका हुन् ।

अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्धारा पत्रमा यस्तो दिर्नेशन दिइएको हो । यसअघि असार पहिलो साता सरकारी निवास बालुवाटारमा सुदूरपश्चिमका सबै सासंदहरुलाई बोलाएर उनले यस्तो निर्देशन दिएका थिए ।
तर मौखिक निर्देशनको पालना नभएपछि उनले लिखित निर्देशन दिएका हुन् ।

धामी खगराजलाई अल्पमतमा पार्दै दल नेता चुनिएका थिए । सभामुख बाहेक माओवादीका १० प्रदेश सभा सांसदमध्ये ६ जना धामीको पक्षमा उभिएपछि उनी दल नेता भएका थिए ।
तर पछिल्लो समय उनको पक्षमा ५ र भट्टको पक्षमा पनि ५ जना देखिएका छन् ।

धामीले कागजपत्रसँग भने,‘खगराजजी मेरो पनि नेता नै हो । पार्टीले दिएको निर्देशनको पनि सम्मान गर्छु । तर म जुन प्रक्रियाबाट दल नेता बनेको हो उहाँपनि त्यही प्रक्रियाबाट बन्नुपर्छ । बहुमत पुगाएर दल नेता बन्ने बाटो खुला छ ।’

भट्टको पक्षमा झपट साउँद,शिवसिंह ओली,जानकी कुवँर पौडेल र रमेश धामी छन् भने धामीको पक्षमा ओमविक्रम भाट,अक्कल रावल,लक्ष्मी विक र गितादेवी माल छन् ।
माओवादी सुदूरपश्चिममा पछिल्लो समय केन्द्रीय नेताहरुका नाममा चर्को गुटबन्दी छ ।

प्रतिक्रिया