७५ हजार धरौटीमा छुटिन् ‘हनि ट्रयापर’ शोभा पाठक


काठमाडौं– सामाजिक सञ्जालमार्फत् भीआइपी टार्गेट गरेर ‘हनि ट्रयाप’को आरोपमा पक्राउ परेकी शोभा उर्फ जानुका पाठक धरौटीमा छुटेकी छिन् ।

जेठ २८ मा ललितपुरबाट पक्राउ परेकी शोभाले आगामी दिनमा सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या नगर्ने प्रतिबद्धता व्यक्त गर्दै ७५ हजार धरौटीमा रिहा भएकी हुन् ।

एकजना पीडित महिलाको उजुरीका आधारमा साइबर ब्युरोको टोलीले पाठकलाई पक्राउ गरेको थियो ।

पाठकको नाम राजनीतिक दलका उच्च तहका नेता,सुरक्षा निकायका उच्च अधिकारीसँग जोडिएको थियो ।

प्रतिक्रिया