

विवाद चर्किएपछि रास्वपा बैठकस्थलभित्र प्रहरी तैनाथ

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको विवाद चर्किदै गएपछि बैठकस्थलभित्र प्रहरी तैनाथ गरिएको छ ।
वनस्थलीस्थित पार्टी मुख्यालयमा जारी बैठकमा प्रहरी तैनाथ गरिएको हो ।
आज बैठक बसिरहेको पाँचौ तलामै प्रहरीहरू पुगेका छन् ।
महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथिको छलफल हुने कार्यक्रम छ । सोही प्रतिवेदनपछि रास्वपामा तरंग आएको छ ।
आजको बैठकमा प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर विरोध समेत गरेका छन् ।

