प्रचण्डलाई देउवाको जवाफ : अहिलेलाई सरी, एमालेसँग मिलिसक्यौं


काठमाडौं – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालका लागि सहकार्य गर्न नसकिने जवाफ फर्काएका छन् ।

आज बिहान प्रचण्डसँगको टेलिफोन सम्वादमा देउवाले यस्तो जवाफ दिएका हुन ।

देउवाको भनाई उदृत गर्दै एक नेताले भने,‘एमालेसँग मिलेर सरकार बनाउने सम्झौता गरिसक्यौं । प्रचण्डजी अहिलेलाई सरी ।’

कांग्रेस पदाधिकारी बैठक समेत आजै बसेको छ । सो बैठकमा पनि देउवाले एमालेसँगको सहमतीबारे जानकारी गराएका थिए ।

बैठक चलेकै बेला प्रधानमन्त्री प्रचण्डले देउवालाई फोन गरेका थिए ।

प्रतिक्रिया