प्रधानमन्त्री दाहाल कांग्रेस केन्द्रीय कार्यालय सानेपामा


काठमाडाैं- प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सहमति भएपछि राष्ट्रिय राजनीति तरङ्गित भइरहेका बेला मंगलबार प्रधानमन्त्री दाहाल कांग्रेसको कार्यालय पुगेका हुन् ।

कांग्रेसको सञ्चार विभागद्वारा पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी अवलोकन गर्न उनी सानेपा पुगेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाललाई फोटो प्रदर्शनीस्थल घुमाएका थिए ।

 

प्रतिक्रिया