असारमा बिहे गर्ने जोडीलाई बुद्ध एयरको यस्तो अफर


काठमाडौं- बुद्ध एयरले असारमा बिहे गर्ने जोडीलाई पोखरा आउजाउका लागि निःशुल्क टिकट उपलब्ध गराउने भएको छ।

बुद्ध एयरले विवाहित जोडीलाई उपहार स्वरुप पोखराको दुईतर्फी टिकट पुनः सञ्चालनमा ल्याएको हो ।

बुद्ध एयरको उडानमा बेहुला–बेहुलीले बुद्ध एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्वीटरमा तस्विर ट्याग वा शेयर गरेको हुनुपर्छ । यसरी शेयर गरिएकोबाट ४ जना जोडीलाई बुद्ध एयरले पोखराको दुईतर्फी टिकट उपहार स्वरुप प्रदान गर्ने जनाएको छ ।

 

प्रतिक्रिया