ओलीलाई प्रचण्डको चेतावनी – संविधान चलाउन खोजे बहुआयामिक द्वन्द्व हुनसक्छ
मैले तपाईले पटक–पटक साथ दिए,अब तपाई दिनुस् : ओली
काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा गर्न आग्रह गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका ओलीले कांग्रेस र एमालेबीच भएको सहमती जानकारी गराउँदै यस्तो आग्रह गरेका हुन ।
भेटमा प्रधानमन्त्री प्रचण्डले ओलीलाई समझदारी कसरी भत्कियो भन्दै प्रश्न गरेका थिए । वैठकको कुरा सुनेका एक नेताका अनुसार प्रचण्डले ओलीलाई संविधान चलाउने खोजेको हो भन्दै प्रश्न गरेका थिए । ती नेताका अनुसार प्रचण्डले ओलीलाई संविधान चलाएमा बहुआयामिक द्वन्द्व हुनसक्ने चेतावनी दिएका थिए ।
ओलीले राजनीतिक स्थायित्वका लागि केही कदम उठाउनैपर्ने सहयोग गर्न आग्रह गरेका थिए । ओलीले पटक पटक प्रचण्डलाई आफुले साथ दिएको बताउँदै अब आफुलाई सहयोग गर्न आग्रह गरेको भेटमा सहभागि एकले भने ।