झरनामा पिकनिक गएको ७ जनाकाे परिवारलाई बाढीले बगायो [भिडियोसहित]


काठमाडाैं- भारतकाे महाराष्ट्रस्थित मुम्बई नजिकै लोनावालामा अस्ति आइतबार एउटा ठूलो दुर्घटना भएको छ । लोनावलामा बिदा मनाउन आएका एकै परिवारका सात जना झरनामा आएकाे बाढीमा बगेका थिए । घटनाको भिडियो क्यामेरामा कैद भएको छ । जसमा परिवारका सदस्यहरू एकअर्कालाई समातेर ढुङ्गामा उभिएको देख्न सकिन्छ । उनीहरु एक अर्काको सहयोगमा केही समय उभिएर सहयाेगकाे याचना गरिरहेका थिए । तर केही मिनेटमै पानीको छालले उनीहरूलाई बगायाे ।

बगेकामध्ये दुई जना मात्र पौडी खेल्न सफल भएर बाँचे । बगेकामध्ये आइतबार तीन जनाको शव फेला परे पनि अर्को दिन अर्थात सोमबार पनि अन्य दुई जनाको खोजी जारी थियो । सोमबार खोजीका क्रममा थप एक शव फेला परेको थियो । योसँगै यस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । अहिले एकजनाको खोजी भइरहेको छ ।

बिदा मनाउन गएकाे थियाे परिवार
उक्त पहाडी क्षेत्रमा अधिकांश मानिसहरु मनसुनमा बिदा मनाउन जाने गरेका छन् । आइतबार, पीडितको परिवार पनि पिकनिकको लागि मुम्बईबाट ८० माईल टाढा लोनावाला गएको थियो । आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बाँध पानीले भरिएको थियो । जसका कारण झरनामा पानीको बहाव बढेको थियाे ।

 

प्रतिक्रिया