नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिँदै एमालेका मन्त्रीहरू


काठमाडौं– नेपाली कांग्रेससँगको सहकार्यमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेका छन् ।

एमालेका एक मन्त्रीले भने– ‘हामी १ बजेसम्ममा सम्भवतः प्रधानमन्त्रीलाई राजीनामा पत्र थमाइ सक्छौँ।’

ती मन्त्रीका अनुसार आज नै नयाँ सरकार बन्न सक्ने भएकाले प्रधानमन्त्रीलाई पनि ओलीले भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्ने बताइएको छ।

यता एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना छ ।

प्रतिक्रिया