ओलीको एक कदमले प्रचण्डको प्रधानमन्त्रीसँगै सातै प्रदेश सत्ताबाट बाहिरिँदै माओवादी


काठमाडौं – पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेकपा माओवादी केन्द्र सत्ता बाहिर पुगेको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता समीकरण बन्ने सहमति भएसँगै माओवादी सत्ताविमुख बन्ने भएको हो ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएसँगै माओवादी सत्ताबाट बाहिरिएको हो ।

एमाले र कांग्रेसबीच संघ सरकारका साथै प्रदेश सरकारमा पनि सहमति भएपछि माओवादीले कुनै पनि प्रदेशको सरकारमा सहभागि नहुने निश्चित भएको हो ।

सहमति अनुसार अब प्रदेश अन्तर्गत एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ । त्यस्तै मधेशमा भने मधेश केन्द्रीत दललाई नै सत्ताको नेतृत्व दिने पनि सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया