![](https://kagajpatra.com/wp-content/uploads/2024/01/kshamadevi.gif)
ललितपुरको लालीगुराँस सहकारीका सीईओ पक्राउ
![](https://kagajpatra.com/wp-content/uploads/2024/06/laligurasa.jpg)
काठमाडौं- ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको हो ।
उनीमाथि वचतकर्ताको रकम अपचलनको आरोप लागेको छ । यो सहकारीले वचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।
![](https://kagajpatra.com/wp-content/uploads/2023/08/small-V.gif)