पतञ्जलीको जग्गा हिनामिना प्रकरणको अनुसन्धानमा सिआइबी


काठमाडौं– भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान सुरु गरेको छ ।

गृहमन्त्रालयको निर्देशनपछि सिआइबीले अनुसन्धान सुरु गरेको हो ।

छुट पाएको जग्गा गैरकानुनी रूपमा बेचबिखन गरी राज्यलाई हानिनोक्सानी पु¥याएको आरोपमा पतञ्जलीलाई गैरकानुनी रूपमा जग्गा किनबेच गर्न अनुमति दिने व्यक्तिमाथि अनुसन्धान अगाडी बढेको हो ।

सिआइबी प्रवक्ता एसपी होविन्द बोगटीले कागजपत्रसँग भने,‘अनुसन्धान सुरु गरेका छौं । घटासँग जोडिएका प्रमाण संकलन गरिरहेका छौं । हाम्रो टोली खटिइसकेको छ ।’

यो प्रकरणबारे अख्तियारले समेत छानविन अगाडी बढाएको छ । अख्तियारले पनि घटनामा जोडिएका पात्रहरुको बयान सुरु गरेको छ ।

पतञ्जली भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित एक कम्पनी हो ।

प्रतिक्रिया