पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, रोकिए सवारी


काठमाडाैं- पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । बुधबार दिउँसो १ बजेर ५ मिनेट जाँदा चितवनको इच्छाकामना ६, जलबिरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण सडक दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाने र आउने सवारीसाधनहरू रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रतिक्रिया