कसरी लिक भयो सुदूरपश्चिम प्रदेश सरकारको रातोकिताब ?


काठमाडाैं- सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१/०८२ कार्यक्रम पुस्तिका (रातोकिताब) सार्वजनिक नहुँदै बजारमा आएको पाइएकाे छ ।

प्रदेश सरकारले असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको थियो । तर, सो बजेट कार्यक्रम पुस्तिका प्रदेश सभामा छलफलको लागि पेस नगरी बजारमा आएको कांग्रेसले दाबी गरेको छ ।

विचौलियाहरुले रातो किताब सामाजिक सञ्जालमा भाइरल गरिरहेका छन् । उनीहरु रातोकिताब भएको भन्दै बजेट र योजनाहरुको पिडीएफ फाइल सामाजिक सञ्जाल ह्वाट्सएप, म्यासेन्जरमा  भाइरल गरिरहेका हुन् ।  यस विषयमा कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले सरकार गैरजिम्मेवार बनेको भन्दै तत्काल राजीनामा माग गरेका छन्। ‘हामी सडक र सदनमा सरकारविरुद्ध प्रतिरोध गर्छौ। सरकारले नैतिक रूपमा राजीनामा दिनुपर्छ’ उनले हिजाे पत्रकार सम्मेलनमा भनेका थिए ।

तर प्रदेश सरकारले कुनै पनि माध्यममा हालसम्म रातोकिताब नराखेको जनाएको छ । सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले आधिकारिक रूपमा रातोकिताब सार्वजनिक नगरिएको बताए । उनले अर्थ सचिव सरुवा भएको कारण रातोकिताब सार्वजनिक हुन नसकेको भन्दै केही दिनमै सार्वजनिक गर्ने बताएका छन् ।

प्रतिक्रिया