एसईईको नतिजा भोलि


काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोलि सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार अपरान्ह ४ बजे नतिजा सार्वजनिक गर्ने जनाएको छ । आज सार्वजनिक गर्ने भनिएको एसईईको नतिजा प्राविधीक समस्या आएको भोलि लागेको हो । यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

गत चैत १५ गते सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया