विराटनगरका बस्ती डुबानमा


विराटनगर – वर्षाका कारण मोरङको विराटनगर महानगरपालिकाका विभिन्न वडाका बस्ती डुबानमा परेका छन् ।

विराटनगर महानगरपालिका वडा नम्बर ५, ६, ११ र १२ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् । विशाल चोक, सम्झना चोक, पृथ्वी चोकलगायत धेरै ठाउँ जलमग्न भएका छन् । घरघरमा पानी पसेपछि स्थानीय समस्यामा परेका छन् ।

विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पसन थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी दिए ।

विराटनगर महानगरपालिका वडा नम्बर–४ को राजवंशी चोक आसपास परेको पानी बस्तीमा पसेको छ । प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया