चट्याङ लागेर कपिलवस्तुमा दुईको मृत्यु, लमजुङमा पनि एकजनाको ज्यान गयो


कपिलवस्तु-  चट्याङ लागेर कपिलवस्तुमा दुईजनाको मृत्यु भएकोछ । बुद्धभूमि नगरपालिका–१० धनकौली १७ वर्षे राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षे महेश कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेशविक्रम शाहीले बताए ।

बुधबार बिहान साढे ७ बजेतिर खेतमा काम गर्दैगर्दा चट्याङ लागेर दुवैको मृत्यु भएको हो ।

यस्तै लमजुङमा पनि एकजनाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका-७ तल्लो चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको मृत्यु भएको वडाअध्यक्ष लक्षुमन गुरुङले जानकारी दिए ।

मंगलबार राति २ बजेतिर पिसाव फेर्न भनी बाहिर निस्केको बेलामा चट्याङले लागेर उनकाे मृत्यु भएको बुझिएको छ ।

प्रतिक्रिया