

रोल्पामा चट्याङ लागेर घरभित्र सुतेका नन्द-भाउजुको मृत्यु

रोल्पा- चट्याङले रोल्पामा २ जनाको मृत्यु भएको छ । बिहान चट्याङ पर्दा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-३ का दुई महिलाको ज्यान गएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुनछहरी-३ बाहिरीगामस्थित दाङ्जा गाउँका २२ वर्षीया जैता घर्ती मगर र १४ वर्षीया गोमाला घर्तीमगरको चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीले चट्याङ पर्दा एउटै घरभित्र सुतेका नन्द भाउजु नाता पर्ने दुई महिलाको मृत्यु भएको जनाएको छ ।
मृतकको शव सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टमका लागि ल्याइएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामाले बताए ।

