न्यायाधीश गिरीकी पत्नी माइतीघर मण्डलाको पोलमा चढिन्


काठमाडाैं- क्षतिपूर्तीको माग गर्दै निलम्बित  न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल माइतीघर मण्डलाको पोलमा चढेकी छिन् ।

मंगलवार करिब डेढ घण्टासम्म पाेलमै रहेकी उनीलाई प्रहरीले  गरेको छ।  झण्डा फेर्नका लागि पोलमा राखिएको भर्‍याङको सहायतामा उनी माथि चढेकी थिइन् ।

यसअघि पनि गिरीले सर्वोच्च अदालत परिसरमा विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले श्रीमान् भुवनविरुद्ध मुद्दा दायर गरेकी थिइन् । गिरी उक्त मुद्दामा दोषी ठहर भइसकेका छन् । तर, आरतीले भने अहिले क्षतिपूर्ती माग गरिरहेकी छिन् ।

प्रतिक्रिया