सुनसरीको बुढिखोलाले एकै घरका ४ जनालाई बगायो, एकको मृत्यु


सुनसरी- सुनसरीको इटहरी-४ स्थित बुढिखोलामा आएको बाढीले सुन्दर हरैँचा नगरपालिका वडा नम्बर ५ का एकै घरका ४ जनालाई बगाएको छ ।

बुढी खोलामा माछा मार्ने क्रममा खोलामा आएको बाढीले उनीहरुलाइ बगाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

बेपत्तामध्ये फुटनीदेखी चौधरीको इटहरी प्रहरीले शव बरामद गरेको छ भने स्वस्तीक चौधरीलाई जिवितै उद्धार गर्न प्रहरी सफल भएको छ ।

बेपत्ता अन्य दुई जनाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया